Logo

फोक्सोलाई स्वास्थ र तन्दुरुस्त राख्न ५ साधारण विधि



काठमाडौँ। मनाव शरीरको एक अति महत्वपूर्ण र सबैभन्दा सक्रिय अंग हो, फोक्सो। फोक्सोकै कारण शरीरका विभिन्न कोशीकाहरुले आवश्यक मात्रामा अक्सिजन पाउने गर्दछन्। श्वासप्रशासको क्रममा फोक्सोले शरीरबाट कार्बोनडायोक्साइड ग्यासलाई फ्याल्न मद्दत गर्दछ । एक स्वस्थ व्यक्तिले एक दिनमा लगभग २५ हजार पटक सास फेर्ने गर्छन् ।

नदेखिने अंग भएका कारण प्रायःजसो मानिसहरुले सास फेर्न कुनै समस्या नभएसम्म फोक्सोको स्वास्थ्यलाई प्रायः उपेक्षित गर्ने गर्छन। दम, ब्रोन्काइटिस, निमोनिया, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजीज (सीओपीडी), फाइब्रोसिस, क्षयरोग,एक्युट रेस्पिरेटरि डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) फोक्सोको क्यान्सर इत्यादी जस्ता रोगहरु फोक्सोको संक्रमणका कारण उत्पन्न हुनसक्छन्।

फोक्सोलाई स्वास्थ र तन्दुरुस्त राख्न ५ साधारण विधि
धुमपान र मध्यपानबाट टाढा रहनुहोस् – फोक्सोलाई संक्रमण र यसलाई अस्वास्थ्य पार्ने कारक तत्व हुन्, धुमपान र मध्यपान। चुरोटको धुँवामा हजारौं हानिकारक रसायनहरू हुन्छन्, जसले तपाईंको शरीरलाई हानी गर्दछ। धूमपानले फोक्सोको क्यान्सर र सीओपीडी जस्ता गम्भीर फोक्सोको रोगहरु निम्त्याउन सक्छ। यदि तपाईं धुमपान गर्नु हुन्न भने पनि फोक्सोलाई सम्भावित नोक्सानीबाट जोगाउन अरुले उडाएको चुरोटको धुवाँबाट पनि जोगिनुहोस्।

दुषित हावा तथा प्रदूषणबाट जोगिनुहोस् – हावामा रहेका धेरै दुषित तत्वले फोक्सोमा गम्भीर असर पर्नुका साथै प्रदूषणले सम्पूर्ण स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ। उदाहरणको लागि विभिन्न लोन्ड्रीहरुमा प्रयोग गरिएको सिन्थेटिक गन्ध र थुप्रै कारखानाबाट हावामा छोडिएका विषाक्त रसायनले पनि फोक्सोलाई संक्रमण गर्न सक्छन्।

गहिरो श्वासप्रश्वासको व्ययाम गर्नुहोस् – पर्याप्त अक्सिजन आपूर्तिको अभावले फोक्सोमा समस्या निम्त्याउनुका साथै मुटु रोगको जोखिम पनि बढाउन सक्छ । नियमित रूपमा गहिरो सास फेर्ने व्यायामको अभ्यासले फोक्सोलाई सुदृढ बनाउन र अन्य अंगहरूमा निर्मित विषाक्त पदार्थहरू पनि हटाउन मद्दत गर्दछ।

सहि आहारको चयन गर्नुहोस् – फोक्सोलाई स्वास्थ र तन्दुरुस्त राख्न आफ्नो आहारमा सहि मात्रामा एन्टिअक्सिडेण्ट्स, प्रोटीन, फोलेट र उपयुक्त कार्बोहाइड्रेटहरूजस्ता पोषक तत्वहरूको मिश्रण रहेको निश्चित गर्नुहोस्। यी पौष्टिक तत्त्वहरूले फोक्सोको स्वास्थ्य कार्यहरूलाई बढवा दिने गर्दछ र फोक्सोबाट हानिकारक विषाक्त पदार्थहरूलाई हटाउन मद्दत गर्दछ। साथै, ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट भएका खानाहरुलाई आफ्नो आहारबाट कटौती गर्नुहोस्।

नियमित व्यायम – नियमित व्यायमले फोक्सोको स्वास्थ्य मात्र नभएर सम्पूर्ण शारीरको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ। नियमित व्यायाम गर्दा फोक्सोको कार्यक्षमता बढ्नुका साथै यसले मुटु र मांसपेसीहरूमा अक्सिजनलाई सजिलैसँग आपूर्ति गर्दछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता