Logo

सीमा विवाद समाधान गर्न भारत र चीनबीच आज वार्ता हुँदैं



काठमाडौं । भारत र चीनबीच सीमा विवाद समाधानका लागि आज वार्ता हुने भएको छ ।

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार भारत–चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवाद समाधान गर्नका लागि आज कमाण्डरस्तरको सातौं चरणको वार्ता हुन लागेको हो ।

यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार वार्तामा चीनका तर्फबाट विदेश मन्त्रालयका अधिकार र राजनीतिक कमिश्नर सामेल हुन सक्ने छन् ।

यसअघि गत सेप्टेम्बर २१ मा भएको कमाण्डर तहको छैटौं चरणको वार्तामा भारतका तर्फबाट वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वी एसिया) नविन श्रीवास्तव सामेल भएका थिए ।

सेप्टेम्बर १० मा रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच वार्ता भएको थियो ।

सो वार्तामा सीमा विवाद कम गर्ने सम्बन्धमा पाँच बुँदे सहमति भएको थियो । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

भारतले चीनमाथि सहमति कार्यान्वयन गरेको आरोप लगाउँदै आएको छ । सीमा क्षेत्रमा निर्माण तथा सैन्य गतिविधि जारी राखेको आरोप भारतको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता