Logo

इजरायलमा प्रधानमन्त्रीको राजीनामा माग्दै दशौँ हजार प्रदर्शनमा उत्रिए



जेरुसेलम : इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजीनामाको माग गर्दै दशौँ हजार नागरिक सडकमा उत्रिएका छन् ।

 

शनिबार साँझ उनीहरुले देशव्यापी रुपमा प्रदर्शन गरेका हुन् । कोरोनाभाइरसको महामारीका बेला राज्यसत्ताको दुरुपयोग गरेको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै इजरायली जनताहरु सडकमा उत्रिएका हुन् ।

देशमा कोभिड विरुद्धको लकडाउनका बावजुद सय भन्दा धेरै स्थानमा शनिबार ठूला प्रदर्शन भएका थिए । प्रदर्शनकारीले जेरुसेलमस्थित नेतान्याहुको कार्यालय अगाडि पनि ठूलो प्रदर्शन गरे ।

स्थानीय मिडियाका अनुसार राजधानीको भव्य प्रदर्शनस्थल तेल अभिभमा पनि हजारौँ प्रदर्शनकारी थिए । प्रदर्शनकारीले देशको राष्ट्रिय झण्डा साथै विभिन्न रंगका सांकेतिक प्लेकार्ड सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

‘बिबी’ उपनामबाट चिनिने प्रधानमन्त्री नेतान्याहुलाई सम्बोधन गर्दै केही प्लेकार्डमा लेखिएको थियो, ‘बिबी, तिमी मेरो भविष्य ध्वस्त पार्दैछौ, जाऊ ।’ इजरायलमा यसअघि पनि बारम्बार प्रदर्शन हुने गरेको थियो । यही वर्षको सुरुदेखि नै पटक पटक उनीविरुद्ध आन्दोलन भएका थिए । नेतान्याहुले भने प्रदर्शनलाई ‘अराजक समूह’ भन्दै दबाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता