Logo

प्रहरीले गोली चलाउँदा अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु, फिलाडेलफियामा तनाव



एजेन्सी- प्रहरीको गोली लागेर अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु भएपछि फिलाडेलफियामा प्रदर्शन चर्किएको छ ।

सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि दोस्रो दिन पनि प्रदर्शन चर्किएको हो ।

आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि भएको झडपमा ३० सुरक्षाकर्मी घाइते भएका छन्।

प्रदर्शन बढ्दै गएपछि फिलाडेलफियामा सुरक्षा तैनाथी बढाइएको सीएनएनले जनाएको छ ।

हातमा रहेको चक्कु छोड्न गरिएको आग्रह अस्वीकार गरेकाले वाल्टरमाथि गोली चलाउनु परेको प्रहरी अधिकारीले दाबी गरेका छन्।

यसअघि मिनेसोटाको मिनियापोलसका जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि अमेरिकाभर प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता