Logo

अमेरिकी र जर्मन राजदूतले पनि दिए दसैँको शुभकामना



काठमाडौँ– नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले दसैँको अवसरमा सबैलाई सुख, स्वास्थ्य तथा सम्बृद्धिको शुभकामना दिएका छन्।

यसअघि दुई दिनअघि महाष्टमीको दिन उनले खसीको मासु पकाएको भिडियो सार्वजनिक गर्दै असहज परिस्थितिमा मनाउँदै गरेको दसैँको सबैलाई शुभकामना दिएका थिए।

उनले दसैँको शुभकामना दिँदै शनिबार भने दुई वर्षअगाडि टीका लगाएको तस्बिर सार्वजनिक गरेका छन्।

उनले दुई वर्षअघि दसैँमा टिका थापेको र लगाइदिएको फोटो ट्वीटरबाट सार्वजनिक गर्दै दसैँको शुभकामना दिएका हुन्।

उनले ट्वीटमा नेपाली भाषमा लेखेका छन्, ‘२०७७ सालको विजया दशमीको उपलक्ष्यमा मलगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनु भएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना दिन चाहन्छौँ।’

चिनियाँ राजदूत हउ याङ्छीले पनि दसैँको शुभकामना दिँदै ‘रेशम फिरिरी’ गाएको भिडियो सार्वजनिक गरेकी थिइन्।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता