Logo

टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया, छुट्टिएपछि खुशी हुँदै घर फर्किए



एजेन्सी । टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल अप्रेशन भएको छ । लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरिएपछि उनीहरु आफ्नो घर पाकिस्तान फर्किएका हुन् ।

टाउको जोडिएका उनीहरुको गएको बर्ष सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याएको थियो । सफा र मर्वा बिबीलाई छुट्याएपछि घर फर्किन पाउँदा निकै खुशी लागेको आमा जानियाब बिबीले बताएकी छिन् ।

सफा र मर्वा बिबी २०१९ को फेब्रुअरीमा सफलतापूर्वक अलग गरिएपछि दुई जुम्ल्याहा आफ्नो आमा र अंकलको साथमा लण्डनमा बसिरहेका थिए ।

बसोबास गर्दा र उपचार गर्दा उनीहरुको करिब १० लाख पाउन्ड खर्च भएको बताइएको छ । उक्त खर्च भने पाकिस्तानका व्यवसायी मुर्तजा लखानीले व्यहोरेको बताइएको छ । अहिले उनीहरुलाई हिड्न सहयोगको लागि फिजिकल थेरापी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता