Logo

भारतमा विकिरणबाट जोगाउनसक्ने दाबी गरिएको गोबरबाट बनेको चिप्स सार्वजनिक



भारतको राष्ट्रिय कामधेनु आयोग आरकेएका अध्यक्ष भल्लबभाई काथिरियाले गाईको गोबरबाट बनेको चिप्स सार्वजनिक गरेका छन्। भारतको राष्ट्रिय कामधेनु आयोग आरकेएका अध्यक्ष भल्लबभाई काथिरियाले गाईको गोबरबाट बनेको चिप्स सार्वजनिक गरेका छन्।

गउस्तभा कवच नामको उक्त चिप्स हालै सार्वजनिक भएको हो।

काथिरियाका अनुसार गाईको गोबारबाट बनेको चिप्स मोबाइल फोनजस्ता प्राविधिक सामग्रीमा जडान गरिए यसले ती सामग्रीहरुबाट निस्कने विकिरणबाट जोगिन सकिन्छ।

उनले उक्त चिप्सले विकिरणलाई घटाउने र विभिन्न रोगबाट बचाउने पनि दाबी गरेको भारतीय संचारमाध्यमले नजाएको छ।

काथिरियाले गोबरबाट बनेको सामग्रीको प्रचार गर्ने कामधेनु दिपावली अभियानमा भनेका छन्,‘गाईको गोबरले हामी सबैको रक्षागर्छ। यो विकिरणविरुद्ध भएको विषय विज्ञानले पुष्टि गरेको छ। यसले अन्य रोगहरुबाट पनि बचाउँछ।’ हिन्दुस्तान टाइम्स

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता