Logo

हात्तीमाथि योगको चटक देखाउन खोज्दा गर्ल्याम्मै लडे बाबा रामदेव !



एजेन्सी, असोज २८ । भारतीय योगगुरु बाबा रामदेव योगलाई विश्वव्यापी गराउनमा प्रख्यात हुनुहुन्छ ।

एउटा मिशनकै रुपमा भारतीय र विश्वको अरु भागका मानिसलाई योग सिकाउने बाबा रामदेव कतिपय अरु हर्कतबाट पनि चर्चामा आइरहनुहुन्छ ।

योगका माध्यमबाट मानिसको स्वास्थ्यलाई दुरुस्त राख्न सघाउने उहाँ आफ्नो खर्बौको आयुर्वेदिक कम्पनीमार्फत् औषधि बेच्ने एक व्यापारीका रुपमा पनि चिनिनुहुन्छ ।

उहाँ बेलाबखत चटक देखाउन पनि माहिर हुनुहुन्छ । केही वर्ष पहिले अनशनस्थलबाट भाग्दा महिलाको पोशाकमा प्रहरीले पक्रँदासमेत उहाँ चर्चामा हुनुहुन्थ्यो ।

यस पटक भने उहाँ हात्तीमाथि चढेर योग गर्ने अर्को चटक देखाउन खोज्दा लडेर चर्चामा आउनु भएको हो ।

भारत उत्तर प्रदेशको मथुरामा हात्तीमाथि योगासनमा रहेर योग गर्दै गर्दा हात्तीले जिउ हल्लाइदिँदा उहाँ गर्ल्याम्म गुर्लुम्म तल भुईंमा पछारिनु भएको हो ।

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको बीबीसी हिन्दीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता